किताब बेच्दै डा.महावीर पुन सुन्दरहरैचाको सिद्धार्थमा


Single Before Content Ad

सुन्दरहरैचा ।

वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुल पुग्नु भएको छ।स्कुलको ३०औं अभिभावक दिवसको चौथो दिन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आगमनले अभिभावक, विद्यार्थी र शिक्षकको मन छोएको छ। आफ्नो अनुभव र समाज सेवाको यात्राबारे बताउँदै पुनले विद्यार्थीलाई समाजका लागि उपयोगी नयाँ विचार ल्याउन प्रेरित गरे।

"राम्रो आइडिया लिएर आउनुस्, जुन चीज समाजलाई फाइदा होस्। खर्चको चिन्ता नगर्नुस्,” उनले भने। विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा ३२ वर्ष बिताएका पुनले आफ्नो कमाइ नभए पनि समाजकै लागि सबै खर्च गरिरहेको बताए।

हालै, उनले आफ्नो आत्मकथा समेटिएको पुस्तक बिक्री गर्दै नेपालका ४१ जिल्लाहरूको यात्रा गरिरहेका छन्। एक लाख प्रति पुस्तक बिक्री गरेर १० करोड रुपैयाँ जुटाएको उनले खुलासा गरे। अब ३ लाख प्रति पुस्तक बिक्री गर्ने लक्ष्यसहित २० करोड संकलन गर्ने योजनामा लागेका छन्।

"यो रकम समाजका लागि हो। विशेष गरी, किसानहरूको समस्यालाई मध्यनजर गर्दै सस्तो र प्रभावकारी उपकरण निर्माण गर्न प्रयोग गरिनेछ,” उनले बताए। धान रोप्ने, गोडमेल गर्ने जस्ता कृषिसम्बन्धी मेसिनहरू निर्माण गर्दै परीक्षणसमेत भइसकेको उनले उल्लेख गरे।

विद्यार्थीलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले लेखिएको उक्त पुस्तकमा उनको बाल्यकाल, शिक्षक जीवन, अमेरिका अध्ययन यात्रा र समाज सेवामा समर्पित यात्राका कथा समेटिएका छन्। जीवनका सफल र असफल अनुभवहरूसमेत समेटिएको पुस्तकले विद्यार्थीलाई आफ्नो लक्ष्य पहिचान गर्न मद्दत गर्ने पुनले बताए।उनको प्रेरणादायी सम्बोधनले उत्सवमा उपस्थित विद्यार्थी, शिक्षक र अभिभावकलाई गहिरो प्रभाव पार्न सफल भएको थियो।

संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले भने "हाम्रो विद्यालयले सधैं सिर्जनात्मक सोच र नवप्रवर्तनलाई प्रोत्साहित गर्दै आएको छ। पुन सरको प्रेरणादायी सम्बोधनले विद्यार्थीलाई आफ्नो क्षमताको पहिचान गरी समाजका लागि योगदान दिने उत्साह मिलेको छ।"

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार