नागपञ्चमीमा ब्राइट फ्युचरका विद्यार्थीको नागदेवी मन्दिर भ्रमण


shiva
Single Before Content Ad

सुन्दरहरैचा। शिव भट्टराई भोजपुरे, भाद्र ३ गते

मोरङको सुन्दरहरैँचा–८ स्थित ब्राइट फ्युचर इङ्लिस स्कुलका कक्षा ३ का विद्यार्थीहरूले नागपञ्चमीको अवसरमा सुन्दरहरैँचा–८, सलकपुरस्थित नागदेवी मन्दिरको भ्रमण गरेका छन्।

नागपञ्चमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले गरिएको भ्रमणका क्रममा विद्यार्थीहरूले नागदेवीको दर्शन तथा पूजाआराधना गरेका थिए। साथै, उनीहरूले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त गरेका थिए।

विद्यालयले विद्यार्थीको सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी व्यवहारिक तथा सांस्कृतिक अनुभवसँग जोड्ने उद्देश्यले भ्रमण आयोजना गरेको जनाएको छ।

भ्रमणले विद्यार्थीमा धार्मिक तथा सांस्कृतिक ज्ञान अभिवृद्धिसँगै आपसी एकता, सहकार्य र सामूहिक सिकाइको भावना विकास गर्न समेत सहयोग पुगेको विद्यालयले जनाएको छ। 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार