कुम्भ मेलाबाट फर्किँदै गरेका सुजन गौतमको दुर्घटनामा मृत्यु


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुनसरीको चतरामा लागिरहेको कुम्भमेलामा दर्शन गरेर फर्किरहेको एक युवाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। कुम्भ मेलाबाट फर्किँदै गरेका भोजपुर षडानन्द १ नेपालडाँडा घर भएका २२ वर्षका सुजन गौतमको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सोमबार राति प्रदेश १९०२९०४२ प ५०४९ नम्बरको  मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर वराहक्षेत्र नगरपालिका–५ जमटोकीस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।दुर्घटनामा घाइते भएका गौतमलाई उपचारका न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि सोही मोटरसाइकलको पछाडि बस्ने रुद्र लुइँटेल सख्त घाइते भएका छन् ।

घाइते लुइँटेलको  निधार र वाँया कुममा चोट लागेको र अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी भरोलको नियन्त्रणमा रहेको छ। इटहरीमा दिदी भिनाजुको घरमा बस्दै मोरङको बिराटचोकस्थित सुकुना बहुमुखी क्याम्पस स्नातक तहमा अध्ययन गर्दै आएका गौतमको शव न्यूरो अस्पतालमै राखिएको जनाइएको छ ।

इटहरीबाट राति ९ बजेपछि खाना खाएर कुम्भमेला दर्शनका लागि दुईजना मोटरसाइकलमा गएका थिए । दुर्घटना पश्चात् पछाडि सवार लुइँटेलले नै प्रहरीलाई खबर गरेर बोलाएका थिए। पढ्नकै लागि इटहरी झरेका गौतमको निधनले स्तब्ध भएका उनका बुबा कुमार गौतमले एक मात्र भएको छोरा गुमाउँदा निकै पीडा भएको बताए । ६ जना छोरी पश्चात् जन्मिएका छोरा पनि गुमाउनु परेको बुबा गौतमले बताए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार