लेटाङ नगरपालिका र लुम्विनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना


shiva
Single Before Content Ad

लुम्बिनी । लेटाङ नगरपालिका र लुम्विनी साँस्कृतिक नगरपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना गरिएको छ। भगवान गौतम वुद्धको जन्मस्थल समेत रहेको लुम्विनी साँस्कृतिक नगरपालिकाको कार्यालयमा आइतबार आयोजित विशेष समारोहका बिच लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती र लुम्विनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्तरूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै औपचारिकरुपमा भगिनी सम्बन्ध स्थापना गर्नुभयो ।

हस्ताक्षर गरिएको समझदारीपत्र दुवै नगरपालिकाका नगर प्रमुख ज्यूले एक-अर्कालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा दुवै नगरपालिकाको तर्फबाट एक-अर्कालाई मायाको चीनो र प्रकाशनहरु पनि हस्तान्तरण गरिएको छ ।यसैगरि दुई नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएको अवसरमा स्वामीको वृक्ष समेत रोपिएको थियो ।

उक्त समारोहमा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, लुम्विनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीसहित दुबै नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

दुबै नगरपालिकाले आपसी सहयोग, आपसी अनुभव आदानप्रदान, पर्यटन प्रवर्द्धन, कृषि उत्पादन तथा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

नगर प्रमुखद्वयले उक्त भगिनी सम्बन्धले आपसी मित्रता, विश्वास, सहकार्य र समन्वय बाक्लिएर बलियो सम्वन्ध कायम भइ स्थानीय तहबीचको सहकार्यको नमूना बन्ने विश्वास व्यक्त गर्नुभएको छ। 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार