सुन्दरहरैचामा वृहद धार्मिक तथा आध्यात्मिक कार्यक्रम सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैंचा, मोरङ —मोरङको सुन्दरहरैचामा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक चेतना, नैतिकता र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले सुन्दरहरैचा बिराटचोक स्थित कालिमन्दिर परिसरमा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम स्वतन्त्र नागरिक समाज मोरङ, श्री पुरातन वैद्धिक सनातन धार्मिक प्रर्वधन समिति मोरङ र इन्द्रपुर समस्त भजन सञ्जाल सुन्दरहरैंचाको संयुक्त आयोजनामा भएको थियो। कार्यक्रममा सुप्रसिद्ध आध्यात्मिक व्यक्तित्व जगतगुरु श्री मोहनशरण देवाचार्य महाराजज्यूको प्रमुख आतिथ्य रहेको थियो।

त्यस्तै कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र डा. सुनिल कुमार शर्माको विशिष्ट आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका पदाधिकारी र श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

जगतगुरू मोहनशरण देवाचार्य महाराजज्यूले समाजमा आध्यात्मिक जागरण, नैतिक मूल्य, चरित्र निर्माण, मानवता र राष्ट्रप्रेमको आवश्यकता औंल्याउँदै धर्म केवल आस्थामा सीमित नभई व्यावहारिक जीवनमा उतारिनुपर्ने कुरामा जोड दिनु भयाे । उहाँलाई कार्यक्रममा नागरिक अभिनन्दन गरिएकाे थियाे।

कार्यक्रममा आयाेजक तीन वटै संस्थाका प्रमुखहरू क्रमशः जयप्रसाद खतिवडा, गीता गौतम लम्साल र नेत्र चौलागाईँ लगायतले अभिनन्दन गर्नुभएको थियो । वैदिक मन्त्रोच्चारण तथा पञ्चेबाजाका साथ भएको अभिनन्दन समारोहमा स्थानीयबासीको उत्साहपूर्वक उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमले स्थानीय क्षेत्रमा धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गरेको स्वतन्त्र नागरिक समाज मोरङ अध्यक्ष नेत्र चौलागाईंले बताएका छन्। कार्यक्रमको संयोजन स्वतन्त्र नागरिक समाजका सदस्य धन बहादुर बस्नेतले गरेका थिए भने कार्यक्रममा तीनै आयोजक संस्थाका अध्यक्षहरूको विशेष आसनको व्यवस्था गरिएको थियो, जसले आपसी एकता र सहकार्यको सन्देश दिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जगतगुरु श्री मोहनशरण देवाचार्य महाराजज्यूले आफ्नो प्रेरणादायी प्रवचनमार्फत सत्य, धर्म र मानवताको बाटोमा चल्न आह्वान गर्नुभयो। उक्त कार्यक्रममा मुख्यमन्त्री कार्की, डा शुनिल शर्मा र नयाँ वृद्वावन गाैशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले धर्म र संस्कृति नेपालको आत्मा भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सद्भाव र राष्ट्रप्रेम बलियो पार्ने बताउनु भएको थियो।

कार्यक्रममा अन्तराष्ट्रिय अवार्ड प्राप्त हिमालय इंग्लिश स्कूलका प्रिन्सिपल कमल खनाल , डेल्टा इंग्लिश स्कूलका प्रिन्सिपल पर्वत राईलाई शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो। त्यस्तै साथी कम्प्युटर एण्ड लरनिङ सेन्टरका निरञ्जन आचार्यलाई सम्मान गरिएको थियो।

सोही अवसरमा फरक व्यक्तित्वका धनी ७ वर्षको उमेरबाट दैविक शक्ती र ज्ञान प्राप्त गरी नुन, तेल र अन्न त्यागी कैली गाईको दूध र फलफूल मात्र खाएर मोरङको सुन्दरहरैचा स्थित गोठगाउँमा बस्दै आउनु भएका ९१ वर्षिय जीवनाथ भट्टराई र उनकि धर्मपत्नी ८८ वर्षिय सावित्रा देवी भट्टराईलाई पनि जगत गुरु बाल सन्त महाराजज्यूकै हातबाट सम्मान गरिएको थियो।
त्यसैगरी, विभिन्न धार्मिक तथा सांस्कृतिक प्रस्तुति, भजन–कीर्तन र आरतीले कार्यक्रममा उत्साह थपिएको थियो।

कार्यक्रमको समापनमा आयोजक समितिका तर्फबाट सम्पूर्ण आगन्तुक, अतिथि, सहयोगी तथा सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार