सुन्दरहरैंचा, मोरङ – श्रावण २९ गते

वर्षौँसम्म प्रक्रियामा अल्झिएको पूर्वाञ्चल विश्वविद्यालयको School of Medicine अब अन्ततः सञ्चालनमा आएको छ।दुई दशकभन्दा लामो प्रतिक्षापछि पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत गोठगाउँस्थित School of Medicine मा एमबीबीएस सञ्चालनको स्वीकृति मिल्नुले यहाँको स्वास्थ्य शिक्षा, रोजगारी र स्थानीय विकासमा ठूलो योगदान पुर्याउनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको निर्णय र स्थानीय समुदायको लामो संघर्ष र प्रयासको फल हो।

