सुन्दरहरैचामा पुर्व प्रधानमन्त्री केपि ओलिले गरे सडक आयोजनाको शिलान्यास


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरंगको सुन्दरहरैंचा नगरपालिका स्थित चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडकखण्ड र महेश्वर सुब्बा मार्ग -लाटीझोडा आयोजनाको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार शिलान्यास गरेका छन्।

विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन हुने चन्द्रनगरबाट विश्वविद्यालय हुँदै गोठगाउँ जोड्ने र महेश्वर सुब्बा मार्ग हुँदै लाटीझोडा जोड्ने सडक आयोजनाको शिलान्यास कार्य सम्पन्न गरेका छन् ।गत बैशाख १० गते हेटौडा मकवानपुरको लामा – बानिया जेभी र सुन्दरहरैचा नगरपालिका बीच ३५ करोड ८५ लाख २३ हजार ६ सय ६९ रुपैयामा ठेक्का सम्झौता भइसकेको छ। आयोजना अन्तर्गत चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडक खण्ड ४ किलोमिटर ७ सय सैतीस मीटर र महेश्वर सुब्बा मार्ग -लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटर सडक निर्माण हुनेछ।

जसमा डवल लेनको बाटो,दुवै तर्फ सडक बत्ती,दुवै तर्फ फुटपाट दुवै तर्फ पक्की ड्रेन हुने नगरपालिकाले गरेको सम्झौतामा उल्लेख गरिएको छ। यस्तै,८ वटा पाइप कल्भट र १४ वटा बक्स कल्भटका साथै,सम्पूर्ण ट्राफिक साइन सिन्गलहरु सहित सडक कालोपत्रे हुनेछ। आयोजना २०८२ जेठ ३२ गते सम्पन्न हुने जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार