स्वतन्त्र नागरिक समाज मोरङको पहलमा विभिन्न सामग्रीहरू हस्तान्तरण ।


shiva
Single Before Content Ad

साउन २८ गते,   

सुन्दरहरैंचा (मोरङ) शिव भट्टराई भोजपुरे—
जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा स्वतन्त्र नागरिक समाज मोरङको पहलमा पाथिभरा भजन समूह र हिमालय जीवन विज्ञानलाई भजनका विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ।

अध्यक्ष नेत्र प्रसाद चम्लागाईंको नेतृत्वमा सम्पन्न कार्यक्रममा १ वटा हार्मोनियम स्ट्यान्ड, १ वटा मादल, १ वटा टर्चलाइट, १ वटा पेन ड्राइभ र १ वटा वुफर (स्पीकर) प्रदान गरिएको हो।

कार्यक्रमको अध्यक्षता पाथिभरा भजन समूहकी अध्यक्ष उमा सेडाँईले गर्नुभयो। कार्यक्रममा इन्द्रपुर भजन सञ्जालका सचिव परमात्मा ओझाको प्रमुख आतिथ्य रहेको थियो भने स्वतन्त्र नागरिक समाजका सदस्य धनबहादुर बस्नेत, सहसचिव तारा श्रेष्ठ, सदस्य अर्जुन भुजेल लगायतको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार