सुन्दरहरैंचा नगरपालिकाले गणतन्त्र दिवस मनाउन राजनीतिक दल, संघसंस्था र विद्यालय प्रतिनिधिसँग छलफल सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैंचा /जेष्ठ १३ गते

गणतन्त्र स्थापनाको दिवसलाई भव्य रूपमा मनाउने तयारीस्वरूप सुन्दरहरैंचा नगरपालिकाले राजनीतिक दल, विभिन्न संघसंस्था र विद्यालय प्रतिनिधिहरूसँग विशेष छलफल सम्पन्न गरेको छ।

नगरपालिकाका अनुसार, जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रमसहित तीन दिनसम्म गणतन्त्र दिवस मनाइने छ। छलफलमा सहभागीहरूले र्‍याली, सरसफाइ अभियान, रक्तदान, वृक्षरोपण, झन्डा फहराउने, दीप प्रज्वलन लगायतका कार्यक्रमहरू सञ्चालन गर्न प्रस्ताव गरेका छन्।

१४ गते प्रत्येक वडामा सरसफाइ , १५ गते रक्तदान कार्यक्रम नगरपालिका परिसरमा र १६ गते बृहत वृक्षारोपण कार्यक्रम वडा नं. ४ मा गर्ने भएको छ।

नगर प्रमुख केदार प्रसाद गुरागाईंले भन्नुभयो, “गणतन्त्र दिवस हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो। यसलाई समुदायमा लोकतान्त्रिक चेतना फैलाउने अवसरको रूपमा लिँदै हामीले सबै वडामा सहभागितामूलक कार्यक्रमहरू आयोजना गर्नेछौं।”

कार्यक्रमका क्रममा नगर उपप्रमुख अकली चौधरीले संघीय सरकारको परिपत्रअनुसार गणतन्त्र दिवस मनाउने विधिबारे जानकारी दिँदै सहभागिहरूसँग राय–सुझाव संकलन गरिन्। उपप्रमुख चौधरीले भनिन्, “स्थानीय तहबाट नागरिकमा गणतन्त्रको भावना जगाउन जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्छ।”

छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति टेकमणी न्यौपाने (विवेक), नेकपा एमालेका नगर अध्यक्ष डिल्लीराम ढकाल, अन्य दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी तथा विद्यालय शिक्षकहरूको सक्रिय उपस्थिति रहेको थियो।

सहभागीहरूले गणतन्त्र दिवसलाई समावेशी, शिक्षाप्रद र प्रेरणादायी रूपमा मनाउन सुझाव दिए। नगरपालिका कार्यालयले सबै वडाहरूलाई आ–आफ्नो क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको छ।

कार्यक्रमले स्थानीय तहमा गणतन्त्रप्रतिको सम्मान र नागरिक सहभागिता थप सशक्त हुने विश्वास लिइएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार