बाल ज्योति नमुना इंगलिस स्कुलमा भव्य सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण सम्पन्न


Single Before Content Ad

एलएन गच्छदार /

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा रहेको बाल ज्योति नमुना इंगलिस स्कुलले भव्य सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता वाचन लगायतका विविध प्रस्तुति दिए। विद्यार्थीहरूद्वारा प्रस्तुत नेपाली परम्परागत तथा आधुनिक नृत्य, नाटक, र संगीतले कार्यक्रममा उल्लासमय वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिला ओझा हुनुहुन्थ्यो । शिक्षा शाखा प्रमुख ओझाले सरस्वती पूजाको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम तथा अक्षरारम्भको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई अझै लगनशील भएर अध्ययन गर्न प्रेरित गर्नुभयो। विशेष अतिथिका रूपमा प्याब्सन नगर अध्यक्ष दिपक क्षेत्री, स्थानीय समाजसेवी, तथा अभिभावकहरू उपस्थित रहेको थिए।

विद्यालयका प्रिन्सिपल जीवन बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरूको प्रतिभा विकास र अतिरिक्त क्रियाकलापको महत्त्व बारे प्रकाश पार्नुभयो। उहाँले विद्यार्थीहरूको बौद्धिक, शारीरिक, र सांस्कृतिक क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। बस्लेनेतले सबै सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि विद्यालयले यस्ता शिक्षा, संस्कृति र प्रतिभा उजागर गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस अवसरमा शैक्षिक, खेलकुद तथा अन्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने प्रयास गरेका थिए। कार्यक्रमकै अर्को आकर्षण विद्यार्थीहरूद्वारा आयोजित विज्ञान प्रदर्शनी रहेको थियो। विद्यार्थीहरूले विज्ञान तथा प्रविधिका विभिन्न मोडेलहरू प्रस्तुत गर्दै वैज्ञानिक आविष्कार र प्रयोगहरूको व्याख्या गरेका थिए। यस प्रदर्शनीमा विद्युत् प्रवाह, सौर्य ऊर्जा, वातावरणीय प्रभावहरू तथा नयाँ सिर्जनात्मक आविष्कारहरू प्रदर्शन गरिएको थियो।

सरस्वती पूजाको अवसर पारेर विद्यालयले नयाँ भर्ना भएका साना बालबालिकाहरूको अक्षरारम्भ कार्यक्रम समेत सम्पन्न गर्यो। विद्यालयका गुरुजनहरूले साना विद्यार्थीहरूलाई “अ” देखि “ज्ञ” लेख्न अभिमुखीकरण गराउँदै शिक्षाको पहिलो पाइला चालेका थिए। अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई अक्षरारम्भ गराउँदै शिक्षाको शुभारम्भ गरिदिए।
कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायलाई शिक्षा, संस्कृति र परम्पराप्रति अझै सकारात्मक प्रेरणा प्रदान गरेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार