सुन्दरहरैचामा प्रगती महिला समाजद्वारा ढाका बुनाई तालिम सम्पन्न ।


shiva
Single Before Content Ad

सुन्दरहरैचा, जेष्ठ २९ गते

सुन्दरहरैंचा नगरपालिकाकाे आर्थिक सहयोगमा  र प्रगति महिला समाजको आयोजनामा सञ्चालित मागमा आधारित ढाका कपडा बुनाइ तालिम बुधबार  सम्पन्न भएको छ।  चैत्र १२ गतेदेखि  सञ्चालन भएको तालिममा १५ जना महिलाहरू सहभागी थिए।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मेयर केदारप्रसाद गुरागाईंले सीप सिकेर बस्ने  नभई त्यसलाई व्यवहारमा उतारेर व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो। “सीप प्रमाणपत्र मात्रै हैन, उपलब्धिमा परिणत हुनु पर्छ,” मेयर गुरागाईंले भन्नुभयो, “तालिम बालुवामा पानी हालेजस्तो नहोस्, जीवनमा सकारात्मक परिवर्तन ल्याउन व्यवसायसँग जोड्नुपर्छ।”

कार्यक्रमकी अध्यक्ष तथा प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले सहभागी महिलालाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गर्नुभयो। “हामी उत्पादन गरिएका सामानको बजारिकरणमा सहयोग गर्नेछौं,” उहाँले भन्नुभयो।

उपमेयर अकली चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ढकिया, बेकरी, मोबाइल मर्मत तथा मुडा बनाउने तालिम पनि सञ्चालन गरेको जानकारी दिनुभयो। “अब सीप सिकेर घरमा खालि बस्ने  होइन, उद्यमशील बन्ने हो,” उहाँले भन्नुभयो।

सहभागी अन्जु सञ्जेल, शर्मिला शर्मा र हिरा गच्छदारले तालिमले आफूहरूलाई स्वरोजगार बन्न हौसला मिलेको अनुभव सुनाए। “अब तान पाइयो भने उपलब्धिमूलक उत्पादन गर्न सकिन्छ, हामी मोबाइलमा रहेका डिजाइन हेरेर पनि बुट्टा उतार्न सक्ने भएका छौँ,” शर्मिला शर्माले भनिन्।

तालिमको प्रशिक्षक शुमित्रा विश्वकर्मा थिइन्। कार्यक्रममा कार्यपालिका सदस्यहरू रूजा घिमिरे, बबिता खापुङ, सामाजिक विकास शाखा प्रमुख गुणनिधि दाहाल लगायतको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार