सुन्दरहरैचामा धान रोप्न आधुनिक मेसिनको प्रयोग


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा वार्ड नं २ स्थित मृगौलियामा धान रोप्न आधुनिक मेसिनको प्रयोग गरिएको छ। सुन्दरहरैचामा पहिलो पटक मेयर केदार प्रसाद गुरागाईको हात बाट किसान शेखर निरौलाको १ बिघा जग्गामा बुधबार नयाँ प्रविधीको मेसिनबाट धान रोपिएको छ। यस अघि सुन्दरहरैचामा मेसिनबाट धान कतै पनि रोपिएको थिएन।

सुन्दरहरैचामा पहिलो पटक रोपाइँ गर्ने मेसिन भित्रीएको र मेसिनले खेतमा धान रोप्न थालेपछि स्थानीयबासीहरु हेर्न त्यहाँ पुगेका थिए।

किसान निरौलालाई धान रोप्ने समयमा रोपाहार नपाएर धेरै नै समस्या हुने गरेको थियो। धान रोप्नका लागि मेसिनको प्रयोग हुने भएपछि उनले रोपाहार खोजीरहन नपर्ने साथै समय पनि कम लाग्ने भएकाले युवा उद्घमी निरौलाले उक्त अत्याधुनिक मेसिन फार्म रोभर नेपाल कम्पनीबाट २ बिघाको ८ हजारको दरले भाडामा ल्याएको सुन्दरहरैचा अपडेटलाई बताएका छन्। मेसिनले सहजरूपमा धेरै क्षेत्रफलमा धान रोप्न सकिन्छ । ट्रेमा बेर्ना तयार गरी मेसिनमा राखेर रोप्ने गरिएको उनी बताउछन्।

 

सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईले रोपाई गर्ने मान्छे नपाएर धेरै खेती योग्य जमिनहरु बाँजो हुने अवस्था आएको बेला धान रोप्ने मेसिन आउनु खुशीको कुरा भएको बताए। कृषिमा आधुनिकीकरण गराउँदा किसानको लागत मूल्य घट्नुका साथै उत्पादन बढ्ने हुँदा किसानले यसतर्फ विशेष चासो देखाउने क्रम बढ्दै गएको उनको भनाइ छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार