साथी कम्प्युटर लर्निङ सेन्टरद्वारा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, उत्कृष्टलाई ल्यापटप सहित सम्मान


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।मोरङको सुन्दरहरैंचा – ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो।

समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए। पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।

विजेता समूह सी बाट प्रथम हुने बिजय विश्वकर्मा, रोहित पराजुली र तुलसा आचार्यलाई नगद ३ हजार,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। दोस्रो हुने समूह ई ब्रिन्दा बास्तोला, दिपिका खड्का र यमिमा भट्टराईलाई नगद २ हजार ट्रफी र प्रमाणपत्र प्रधान गरिएको थियो भने तेस्रो हुने समूह ए लाई पनि नगद १ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

पहिलो चरणमा उत्कृष्ठ प्रदर्शन गरेका समूह सी र ई का विद्यार्थीहरूले व्यक्तिगत रूपमा दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । दोस्रो चरणमा “नन-स्टप आन्सर” नामक विधामा प्रतियोगीहरूले लगातार २० प्रश्नहरूको उत्तर दिनु पर्ने थियो। यस चरणमा समूह सी का बिजय विश्वकर्माले १६ वटा प्रश्न सही उत्तर दिएका थिए भने १७ औं प्रश्नमा असफल भए। उनीलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो।

समूह ई की ब्रिन्दा बास्तोला र दिपिका खड्काले सबै २० वटा प्रश्नको सफल उत्तर दिँदै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूलाई कम्प्युटर सेट, ट्रफी, प्रमाणपत्र र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्दै सीपमूलक शिक्षा मार्फत स्वरोजगारमा जोड पुर्‍याउने उदेश्यले यस कार्यक्रम आयोजना गरिएको सेन्टरका संचालक निरन्जन आचार्यले बताएका छन्। संचालक आचार्यले आफ्नो व्यक्तिगत आम्दानीबाट यो कार्यक्रम सञ्चालन गरेका थिए ।सामाजिक अभियन्ता समेत रहेका आचार्य एक प्रेरणादायी व्यक्तित्व हुन्।

शनिबार आयोजित पुरस्कार वितरण कार्यक्रममा वडा नं ३ का पुर्व वडा अध्यक्ष जीवन प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो।प्रमुख अतिथि ढुङ्गानाले हाजिरजवाफ प्रतियोगिता जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास र प्रस्तुति क्षमता विकास गर्न ठूलो योगदान पुर्‍याउने उल्लेख गर्दै युवालाई पढाइसँगै सीप सिक्न र त्यसलाई रोजगारीमा रूपान्तरण गर्न प्रेरित गर्नुपर्ने बताएका छन्।

उक्त कार्यक्रममा साजिलाल म.वि.का प्रधानध्यापक श्यामबाबू काफ्ले, जनता मा.वि त्रिजुगाका प्रधानध्यापक देवराज भट्टराई, स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईं, श्रीखण्ड मा.वि लोचनीका प्रधानध्यापक घनश्याम भट्टराई , जेष्ठ नागरिक समाज सुन्दरहरैचा ३ का अध्यक्ष भिम बहादुर कार्की लगायत विशिष्ट व्यक्तीहरुले विद्यार्थीहरुलाई आगामी दिनको लागि शुभकामना दिएका थिए । कार्यक्रम सामाजिक व्यक्तित्व रिता दाहालले संचालन गरेकी थिईन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार