स्व. ढकाल दम्पतीको सम्झनामा सुकुना क्याम्पसमा अक्षयकोष स्थापना


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे। सुन्दरहरैचा

मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा अवस्थित सुकुना बहुमुखी क्याम्पसमा सोमबार भावनात्मक कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा समाजसेवा, श्रम र निष्ठाका प्रतीक स्वर्गीय दुर्गाप्रसाद ढकाल र स्वर्गीय छायाँदेवी ढकालको सम्मानमा “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको हो।

स्व. ढकाल दम्पतीका छोरा–बुहारीहरू गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल, साथै गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा रु. २,०१,००० बराबरको बैंक चेक क्याम्पस प्रशासनलाई हस्तान्तरण गर्दै उक्त कोषको सुरुवात गरेका हुन्। उनीहरूले यो कोषका संरक्षकका रूपमा रहँदै आफ्ना अभिभावकका मूल्य, आदर्श र शिक्षाप्रतिको समर्पणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले ढकाल परिवारको यो कदमलाई शिक्षाक्षेत्रका लागि प्रेरणादायी योगदान भन्दै प्रशंसा गरे। उनका अनुसार अक्षयकोषबाट उत्कृष्ट विद्यार्थी सम्मान, शैक्षिक गुणस्तर अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सहयोग पुग्नेछ।कार्यक्रममा सहभागी वक्ताहरूले स्व. दुर्गाप्रसाद र स्व. छायाँदेवी ढकाल समाज र शिक्षाप्रति समर्पित व्यक्तित्व भएको स्मरण गर्दै, उनीहरूको कर्म, आदर्श र योगदान आगामी पुस्ताका लागि मार्गदर्शक बन्ने उल्लेख गरे।

ढकाल परिवारले भनेको छ — “हाम्रा अभिभावकले शिक्षा र सेवाको मूल्य सधैं हृदयमा राख्नुभयो। सोही भावना सँगै हामीले यो अक्षयकोष स्थापना गरेका हौं, जसले शिक्षा क्षेत्रमा दीगो प्रभाव पारोस् भन्ने हाम्रो चाहना हो।” कार्यक्रमको अन्त्यमा स्व. ढकाल दम्पतीप्रति उपस्थित सबैले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार