भाद्र २५ गते देखि खोर्साने तेस्रो मिनि मेला सुरु हुने


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

अगामी भाद्र २५ गते देखि सुन्दरहरैंचा नगरपालिका वडा -१२ , खोर्सानेमा खोर्साने तेस्रो मिनि मेला सुरु हुने भएको छ।सुन्दरहरैंचा खोर्साने युवा क्लबको आयोजनामा र सयपत्री इन्टरटेन्डमेन्ट प्रा.लि झापाको व्यवस्थापनमा सो मेला सुरु हुन लागेको हो।

२० दिन सम्म चल्ने उक्त महोत्सव कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई विश्वव्यापीरुपमा प्रवर्द्धन गर्ने उद्धेश्यले संचालन गरेको र सामाजिक हितकालागी काम गर्ने क्लबका अध्यक्ष काजिहांग लिम्बुले पत्रकार सम्मेलन गरी जानकारी दिए।

राष्ट्रिय ख्यातिप्राप्त कलाकार र स्थानिय कलाकारको बेजोड प्रस्तुति संगै नाउरेस , मिकि माउस, रोटेपिङ्ग तथा आकर्षक स्टल सहित रहने महोत्सवका ब्यबस्थापन समिति संयोजक आनन्द बस्नेतले जानकारी दिए।महोत्सव संचालन गर्न ३२ लाख अनुमानित लागत लाग्ने आयोजकले जानकारी दिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार