भोजपुरमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निशुल्क स्वास्थ्य शिविर


shiva
Single Before Content Ad

भोजपुर/

भोजपुरको दुई वटा गाँउपालिकामा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पौष २३ गते भोजपुर जिल्लाको हतुवागडी गाउँपलिका वडा २, घोडेटार बजार स्थीत सगरमाथा माध्यामिक विद्यालयमा र पौष २४ गते आमचोक गाउँ पालिका वडा ४ स्थीत चण्डेश्वर माध्यामिक विद्यालय, बलङखामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१८ जना विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको हो ।

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक, कान, घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायतका विभागका विशेषज्ञ चिकित्सक सहितको बृहत स्वास्थ्य शिविरमा २७५ जना विरामीको अल्ट्रासाउण्ड (भिडियोएक्सरे), १२६ जनाको ईसिजि, ३६१ जनाको प्रयोगशाला परीक्षण गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमहरुमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्री इन्दिरा शर्मा बराल, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका संस्थापक तथा मोरङ्ग क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य माननीय डा. सुनिल कुमार शर्मा, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्य माननीय बिनोद बान्तावा, प्रदेश सभा सदस्य श्री मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख श्री कैलाश कुमार आले, नेपाली काँग्रेसका क्षेत्रिय सभापति श्री मदन खुलाल, जिल्ला समन्वय समितिका श्री कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष श्री अशोक राई लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

भोजपुरको विकट स्थानहरुका बासिन्दाहरुमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा पु्र्याउने उद्देश्यले माननीय श्री विनोद वान्तावाको विशेष समन्वय र माननीय डा. सुनिल कुमार शर्माको सकृयतामा नोबेलको विशेषज्ञ चिकित्सक स्वास्थ्य टोलीबाट २ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

कार्यक्रमका दौरान माननीय डा. सुनिल कुमार शर्माले उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका अतिविपन्न विरामीहरु (जम्मा १३८ जना) लाई थप उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल आँउदा अस्पताल सेवा निःशुल्क गरिने पनि जानकारी गराउनु भएको थियो ।

नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा पूर्वी नेपालका विभिन्न स्थानहरुमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार