तलब नपाएका पत्रकारहरू कालोपट्टी बाँधेर आन्दोलनमा


Single Before Content Ad

सुन्दरहरैचा।

श्रमजीवी पत्रकारहरुले हातमा कालोपट्टी र अनुहारमा कालो मास्क लगाएर विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि तलब नपाएपछि श्रमजीवी पत्रकार संघको नेतृत्वमा फ्रन्टलाइन डिजिटल नेटवर्क प्रालिद्धारा सञ्चालित खबरपोष्ट डटकम र क्लिक नेपाल डटकमका कर्मचारीहरु आज कार्यालय परिसरअगाडि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आफ्नो तलबभत्ता र कानुनबमोजिम सेवासुविधा माग गर्दै नाराबाजी गरेका थिए । मिडियाका सञ्चालकले पटकपटक आश्वासन दिएको तर तलब नदिएको उनीहरुको भनाइ छ । आन्दोलनरत कर्मचारीहरुका अनुसार उनीहरुको महिनौंदेखिको तलब बाँकी छ । संघका अध्यक्ष जन्मदेव जैसीले श्रमिकको श्रमको मूल्य रोक्ने कार्य स्वीकार्य नहुने बताए ।

श्रमजीवी पत्रकार तथा श्रमिकहरुले लामो समयदेखि तलब नपाउनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले श्रमिकको अधिकार सुनिश्चितताका लागि संघ संघर्षरत रहने जानकारी दिए । संघको तर्फबाट व्यवस्थापन पक्षलाई यसअघि सात दिने र त्यसपछि तीन दिने अल्टिमेटम दिइएको थियो ।गत जेठ २८ गतेको छलफलमा सञ्चालक वसन्त वनले एक साताभित्र पारिश्रमिक भुक्तानी गर्ने सहमति जनाएका थिए । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार