इन्द्रपुर जेसिजको आयोजनामा जेसिज सप्ताह सुरु


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

इन्द्रपुर जेसिजले शनिबार देखी सप्ताहव्यापी कार्यक्रम सहित जेसिज सप्ताह सुरु गरेको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम सम्पन्न गर्ने उद्देश्य सहित पहिलो दिन वृहत स्वास्थ्य शिविर कार्यक्रमको सुरुवात गरि संचालन गरेको छ।नि: शुल्क स्वास्थ शिविर ( भिआइए स्कृन) बाट लक्षित महिलाहरुले पाठेघरको मुखको क्यानसर सम्बन्धि चेकजाँचबाट लाभ लिएका थिए।

जेसिज सप्ताह २०२३ को दोस्रो दिन अन्तर बिधालय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ। उक्त प्रतियोगितामा १२ वटा विद्यालय मध्ये सुविजिमुर मेमोरियल माध्यमिक बिद्यालयले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी सुकुना माध्यमिक बिद्यालय द्वितीय स्थान, क्वेस्ट माध्यमिक बिद्यालय तृतिय स्थान र ब्राईट फ्युचर माध्यमिक बिद्यालय चाैथाे स्थान हासिल गरेका छन्।

आज सोमबार जेसिज सप्ताह अन्तर्गत साइकल रेस प्रतियोगिता संचालन गरेको छ। धरान, धनकुटा, उदयपुर, बिराटचौक लगायतका स्थानबाट ५६ जना साइकल राइडर्सले भाग लिदै विराटचाेक बाट सुरू भएको रेस हरैँचा बजार सम्म पुगेकाे थियाे ।

  

साे प्रतियोगितामा दिपान्सु राई प्रथम भएका छन् । यस्तै दाेस्राे निमा शेर्पा, तेस्रो साैगात थापा भएको आयाेजकले जनाएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला राईडर निक्की नेम्वाङ, नन गियर स्पेश अवाड नित्यानन्द पण्डित र माेहम्मद सफराज मिया भएका छन् । सुनसरी, उदयपुर लगायत छिमेकी जिल्लाबाट ५६ जना धावकहरू प्रतियोगितामा सहभागी भएका थिए ।

यसरी युवाहरुको शक्तीलाई कानूनी शासनमा ढाल्ने र अनुशासनमा राख्नका लागि जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउदै इन्द्रपुर जेसिज बर्ष २०२३ की अध्यक्ष बिना सुबेदी आचार्यले हरेक युवामा भएको क्षमतालाई सही ढंगमा परिचालन गर्न जेसिज जस्तो सामाजिक संस्था अहिलेको परिवेशमा आवश्यक रहेको बताइन्।

त्यसै गरी आज सोमबार भ्याट ट्याक्स सम्बन्धि तालिम मंगल स्मृति भवनमा सम्पन्न भएको छ भने भदौ २० गते अन्तर शाखा फुटसल प्रतियोगिता, भदौ २१ गते लागु औषध विरुद्ध सचेतना कार्यक्रम र भदौ २३ गते समापन तथा तिज विशेष कार्यक्रम आयोजना हुने अध्यक्ष आचार्यले बताईन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार