साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरीको २८ औं साधारण सभा सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ईकाईगत २८ औं साधारण सभा सम्पन्न भएको छ। शुक्रबार माेरङ्गकाे पथरीशनिश्चरे वडा नं- १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित कार्यक्रममा उक्त सभा सम्पन्न भएको हो। यो संस्थाको इकाइगत साधरण सभा पुस -१५ देखि २१ गतेसम्म सञ्चालन भइरहेको छ।

पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको सो सभामा पथरी सेवा केन्द्र सहयोग उप – समिति संयोजक अशोक आचार्यको अध्यक्षतामा भएको थियो। कार्यक्रममा संस्थाको आर्थिक वर्ष – २०८०/ २०८१ को शेयर पुँजी १ अर्ब ६७ करोड, जगडा कोष १ अर्ब २६ करोड, कर्जा तथा सापटी १० अर्ब ९३ करोड, बचत १२ लाख ७५ करोड, कर पछिको नाफा ८ करोड ५२ लाख, आय १ अर्ब९१ करोड र र खर्चतर्फ १ अर्ब ८० करोड रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

स्वागत तथा कार्यक्रमकाे औचित्य पथरी प्रमुख चन्द्रकला खातीले गर्नु भएको सभामा वडा सदस्य सुरेश कार्की, साहारा नेपाल सञ्चालक समितिबाट महिला उपाध्यक्ष पवित्रा सुब्बा सदस्य भोला धिताल र अनुगमन अधिकृत महेश तामाङ र पथरी सहयोग उपसमितिका सदस्यहरू र सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। सहभागीहरु बाट गित साथै कविता प्रस्तुत गर्दै लक्ष्मी प्रसाद रिजालद्वारा संचालन गरिएको कार्यक्रममा १८७ जनाको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार