सुन्दरहरैंचामा विराट भेट्रान गोल्ड कप: बिराट भेट्रान ‘ए’ बिजयी


shiva
Single Before Content Ad

सुन्दरहरैचा, माघ २६ गते

सुन्दरहरैंचा नगरपालिकामा आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली बिराट भेट्रान ‘ए’ ले उत्कृष्ट प्रदर्शन गर्दै बिराट भेट्रान ‘बी’ लाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

फाइनल खेलको रोमाञ्चक क्षणमा बिराट भेट्रान ‘ए’ को टोलीले आफ्नो अनुभव र कौशलको उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो। विजेता टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी, र मेडल प्राप्त गरे। उपविजेता टोली बिराट भेट्रान ‘बी’ ले नगद ५० हजार ५५५ रुपैयाँसहित विभिन्न विधागत पुरस्कार, ट्रफी, र मेडल प्राप्त गरेको आयोजक समितिले जानकारी दिएको छ।

व्यक्तिगत विधागत पुरस्कारहरू:

• म्यान अफ द म्याच: कृष्ण शाक्य (बिराट भेट्रान ‘ए’)
• सर्वाधिक गोलकर्ताहरू (४/४ गोल): झापा भेट्रानका हर्क लिम्बू , बिराट भेट्रान ‘ए’ का कृष्ण शाक्य र सुरज प्रधान
• सर्वोकृष्ट गोलरक्षक: मीन बस्नेत (बिराट भेट्रान ‘ए’)
• सर्वश्रेष्ठ डिफेन्डर: सरोज बस्नेत (बिराट भेट्रान ‘ए’)
• सर्वश्रेष्ठ मिडफिल्डर: निरु लिम्बू (बिराट भेट्रान ‘बी’)
• सर्वश्रेष्ठ फरवार्ड: सुरज प्रधान (बिराट भेट्रान ‘ए’)
• म्यान अफ द सिरिज: डेनी राई (बिराट भेट्रान ‘ए’)
• सर्वश्रेष्ठ प्रशिक्षक: भीम प्रकाश लिम्बू (बिराट भेट्रान ‘ए’)
आयोजक समितिले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै खेलाडी, प्रशिक्षक, र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ। फुटबलप्रेमी दर्शकहरूका लागि यो प्रतियोगिता उत्साहजनक र मनोरञ्जनपूर्ण रहेको थियो।

प्रतियोगितामा कुल १० टोलीहरूले प्रतिस्पर्धा गरेको थियो भने सहभागी टोलीहरूमध्ये नेपालका विभिन्न क्षेत्रीय क्लबहरूसँगै भारतका २ क्लबको उपस्थित रहेको थियो । खेलहरू नकआउट शैलीमा संचालन हुदै नेपालका दुधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर मोरङ, हाम्रो धरान भेट्रान सुनसरी, उर्लाबारी भेट्रान मोरङ, राजारानी भेट्रान धनकुटा, पूर्वेली भेट्रान बिर्तामोड झापा र आयोजक विराट भेट्रानका २ टिम ( ए र बि ) सहभागी भएका भएका थिए । खेल माघ १९ गतेदेखि संचालन भएको थियो । यस किसिमको प्रतियोगिताले सुन्दरहरैंचाको खेलकुद विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार