प्याब्सन सुन्दरहरैंचाद्वारा नगरपालिका कार्यालयलाई सहयोग


shiva
Single Before Content Ad

सुन्दरहरैचा/  असोज ९ गते
हालैको जेन-जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट प्रभावित मोरङको सुन्दरहरैंचा नगरपालिकालाई प्याब्सन सुन्दरहरैंचाले ६ थान कम्प्युटर र ६ थान प्रिन्टर प्रदान गरेको छ।

नगरपालिकाको नियमित सेवाप्रवाह सहज बनाउन सहयोगस्वरूप प्रदान गरिएको सामग्री हस्तान्तरण कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन बस्नेत, नगर प्रमुख केदारप्रसाद गुरागाईँ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

सहयोगबारे जानकारी दिँदै नगर अध्यक्ष दीपक केसीले प्याब्सनको पहलले नगरवासीलाई राहत पुगेको बताउँदै यसलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे।
उनका अनुसार, यो सहयोगले नगरपालिका सेवामा अवरोध कम गर्न र जनतालाई सहज सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा प्याब्सनका प्रतिनिधिहरूले शैक्षिक संस्थाहरू मात्र नभई समाजका अन्य क्षेत्रमा पनि दायित्वबोध गर्दै भविष्यमा पनि यस्ता सहयोग कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगर प्रमुख गुरागाईँले नगरपालिका भौतिक सम्पत्ति गुमाए पनि समुदाय र शैक्षिक क्षेत्रबाट प्राप्त सहयोगले पुनः सेवा सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

यस्तै, सुन्दरहरैंचास्थित सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुलले नगरपालिकाको शिक्षा शाखाका लागि एक थान दराज, कुर्सी र टेबल उपलब्ध गराउने घोषणा गरेको छ। यसले प्रशासनिक कामलाई थप सुव्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले यस किसिमको सहकार्यलाई प्रशंसा गरेका छन्। उनीहरूको भनाइमा, “आफ्नै शहरलाई संकटबाट उठाउनका लागि नागरिक समाज, शैक्षिक संस्था र व्यवसायिक संघसंस्थाबीचको हातेमालो सकारात्मक सुरुवात हो।”

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार