अन्तरक्रिया, परिचयपत्र वितरण सम्मान तथा वृहत् चलचित्रकर्मी भेला सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश द्वारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण सम्मान तथा वृहत् चलचित्रकर्मी भेला सम्पन्न भएको छ।

उक्त कार्यक्रमलाई संवोधन गर्दै मन्त्री पराजुलीले कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारलाई कलाकारहरूले सिनेमा र अन्य कला मार्फत प्रचार गर्दा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन्।

कलाकारका माध्यमबाट जाने सन्देशबाट पनि प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास पनि व्यक्त गरे। उनले कोशी प्रदेशमा छायांकन हुने चलचित्रहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको चलचित्र सुटिङ भवन समेत बन्न्ने कुराबाट आफु खुसी भएको भन्दै मन्त्री पराजुलीले कलाक्षेत्रको उन्नयनमा जुट्न कलाकारहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी तथा नायक शिव श्रेष्ठ, बरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी,परान फिल्मका लेखक तथा निर्देशक दिपक आचार्य ,चलचित्रकर्मीलाई स्वास्थ्य क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै बिराटनगर स्थित नोबेल मेडिकल कलेज लगायतलाई सम्मान तथा पूर्व क्षेत्रका १ सय भन्दा बढी कलाकारलाई परिचयपत्र प्रदान गरिएको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार