२१ कात्तिक गते/ जनसाहित्य सङ्घ, नेपाल, एक नम्बर (कोशी) प्रदेश समितिको आयोजनामा दमक बहुमुखी क्याम्पसको सभाहल, दमक-९ मा भव्य रूपमा ‘सष्टासम्मान, रचनावाचन तथा कृत विमोचन कार्यक्रम’ सम्पन्न भएको छ। जनसास्कृतिक महासङ्घ नेपालका संयोजक भीम कुमाखीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका स्रष्टाहरूको सम्मान तथा कृति विमोचन गरिएको थियो।

कार्यक्रममा वासुदेव खनालले परिचर्चाकारको भूमिका निर्वाह गर्नुभएको थियो भने ‘यात्रा’ (भ्रमणकाव्य) नामक कृति लोकार्पण गरिएको थियो।
कवि रेखा सुवेदी लगायत उन्नाइस स्रष्टाहरु सम्मानित
उक्त भव्य समारोहमा नेपाली साहित्यको श्रीवृद्धि, सिर्जनात्मक लेखन र कला-साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै स्रष्टा रेखा सुवेदी सम्मानित हुनुभएको छ। साहित्य साधना साथै सघङ, सङ्गठनका माध्यमबाट समाज रूपान्तरणमा सक्रिय रहनुभएकी सुवेदीको यो सम्मानले कोशी प्रदेशको साहित्यिक क्षेत्रलाई थप ऊर्जा प्रदान गरेको छ।
कार्यक्रममा विभिन्न विधामा सक्रिय रहेका विन्दु दाहाल ‘मूकदर्शक’, तिला लेकाली, मिश्र वैजयन्ती, प्राज्ञ हरि पौडेल, सहप्रा-टेकनाथ घिमिरे ‘माधव’, दुर्गा लिम्बू ‘सानो कोविद’, धनकुटे कान्छा, शिव रेग्मी ‘प्रणत’, खगेन्द्र न्यौपाने, अभिषेक दास, निर्मला भट्टराई, प्रकाश बुढाथोकी, उमानाथ दाहाल, पदमप्रसाद ओली, धiraj परियार, प्रतिमान तामाङ, गीताप्रसाद श्रेष्ठ र हेमनाथ अधिकारीलगायतका स्रष्टाहरूलाई समेत सम्मान गरिएको थियो।
विविध साहित्यिक सिर्जना वाचन तथा कृति विमोचनसहित सम्पन्न भएको कार्यक्रमले स्रष्टा र साहित्यप्रेमीहरूबीच आपसी सद्भाव तथा उत्साह थपेको थियो।




