सुन्दरहरैंचामा देउसी भैलो राति १० बजे सम्म मात्र खेल्न पाइने


shiva
Single Before Content Ad

सुन्दरहरैँँचा/

नेपाली संस्कृति र परम्परा अनुसार उमङ्ग र हर्षोल्लासका साथ चाडपर्व मनाइरहँदा सुन्दहरैंचा नगरपालिकाले समाजको समग्र शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी कानून विपरितका अवाञ्छित गतिविधि समेत हुन सक्ने भएको हुँदा नगरले सुचना जारी गरीएको छ।

नगरलेदे उसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति १० बजेसम्म मात्र देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थहरू पड्काउन र ओसारपसार नगर्न/नगराउन हुन सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गरेका छन ।

यदि कसैले यो सूचनाको अवज्ञा गरी कानून विपरितका कार्यहरू गरे, गराएको पाइएमा स्थानीय प्रहरी प्रशासनबाट प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराएको हो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार