सुन्दरहरैचाका प्रत्येक बिद्यालयमा उजुरी पेटीका राखिने नगरप्रमुख केदार प्रसाद गुरागाईको उद्घोष


Single Before Content Ad

सुन्दरहरैचा/ शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैचा वार्ड नं ६ स्थित पुर्वान्चल एकेडेमिले आफ्नो १६ औं बिद्यार्थी/ अभिभावक दिवसको पहिलो दिन विविध कार्यक्रम गरेको छ।
सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्कुलका अध्यक्ष बल बहादुर खरेलको अध्यक्षता रहेको थियो।

सो कार्यक्रममा बोल्दै केदार प्रसाद गुरागाईले अहिले बालबालिकाहरुले गरेको सामाजिक संजालको दुरुपयोगको कारण बालबालिकाहरु गलत मान्छेको सम्पर्कमा पुग्ने गरेको कारण धेरै समस्या उत्पन्न हुन थालेकोले सुन्दरहरैचा नगरपालिकाले विशेष गरि छात्राहरुलाई लक्षित गरि छात्रा सङ उपमेयर कार्यक्रम ल्याएको बताएका छन्। त्यसैगरी त्यस्ता घटनाको न्यूनीकरणको लागि प्रत्येक स्कुलमा उजुरी पेटीका राख्ने निर्णय समेत नगरपालिकाले गरेको र सो को चाबी नगरपालिकाको साथ रहने उनले बताएका छन्।कार्यक्रममा बिद्यालयका प्रिन्सिपल दिपेन राईले बिधालयको बार्षिक नीति तथा कार्यक्रमको बारेमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

२ दिन सम्म चल्ने सो कार्यक्रममा शनिबार भएको पहिलो सत्रको कार्यक्रममा बिद्यालयले राईम्स डे सेलिब्रेसन, मि एण्ड मम प्रोग्राम, शैक्षिक प्रदर्शनी तथा फुड फेस्टा, स्वास्थ्य परिक्षण, शैक्षिक तथा खेलकुद पुरस्कार वितरण साथै सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो।

आज आइतबार समेत पुर्वान्चल लिटल च्याम्प, शैक्षिक प्रदर्शनी तथा फुड फेस्टा, स्वास्थ्य परिक्षण, विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, सांस्कृतिक कार्यक्रम, अभिभावक लक्की ड्र लगायत कार्यक्रम रहेको छ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, अभिभावक साथै बिद्यार्थीहरुको उपस्थिती रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार