किरात खालिङ राई उत्थान संघको अध्यक्षमा पर्वत खालिङग राई निर्बिरोध चयन


shiva
Single Before Content Ad

एलएन गच्छदार/

फागुन २८ गते सोमबार

खालिङ राईहरुको पहिचान, भाषा, धर्म, संस्कार र संस्कृति बचाउने हाम्रो अभियान भन्ने मुल नारा सहित किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति मोरङ सुनसरीको तेस्रो एतिहासिक जिल्ला सम्मेलन  सम्पन्न भएको छ ।

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -१० खोर्साने बाघझोडामा सम्पन्न सो  एतिहासिक जिल्ला सम्मेलनबाट पुन: आगामी कार्यकालको लागि अध्यक्ष पदमा बेलबारीका  पर्वत खालिङग राई सर्वसहमतबाट निर्वाचित हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा तरहराका बिष्णु खालिङ राई, सचिवमा धरानका  जेट बहादुर खालिङ राई, सह-सचिवमा पथरीका कबिता खालिङ राई, कोषाध्यक्षमा इटहरीका पनिता खालिङ राई सर्वसहमत चयन हुनुभएको छ भने सदस्यहरुमा रामकुमार खालिङ राई, नबिन खालिङ राई,  खडग बहादुर खालिङ राई, रमेश खालिङ राई,  मनिता खालिङ राई, संगीता खालिङ राई, बिषुवरी  खालिङ राई, रामबहादुर खालिङ राई लगायत निर्बिरोध चयन हुनुभएको छ ।

सो कार्यक्रममा प्रगति विवरण तथा अगामी कार्य योजनाको प्रतिवेदन अध्यक्ष पर्वत खालिङ राईले प्रस्तुत गर्दै  खालिङहरुको पहिचानलाई अक्षुण्ण राख्न सबै खालिङ जाति एकजुट भएर अगाडि बढ्न साथै धर्म परिवर्तन तिर होइन अव परम्परा देखि मनाउदै आईरहेको आफ्नो  रीतिरिवाज, संस्कृति, भाषा आदिको विकास र लोप हुनबाट बचाउनु तमाम खालिङहरुको दायित्व रहेको धारणा व्यक्त गर्नुभयो ।

अघिल्लो कार्यकालमा अध्यक्ष राईले  भाबि सन्तति समेत आफ्नो  संस्था प्रति जिम्मेवार बनाउन खालिड. युवा गठन गरिएको, नया तथा पुरानो सदस्यहरुलाई सदस्यता नम्बर तथा प्रमाण पत्र प्रदानको थालनी,  covid 19 कोरोना संक्रमणले अप्ठ्यारो समस्यमा परेका खालिड. परिवारका सदस्यहरुलाई राहत वितरण गरिएको बताउनुभयो ।

त्यसैगरी  सुनसरी मोरग भित्रका सदस्य प्राप्त खालिड सदस्यलाई  घरायसी विभिन्न संस्कार सम्बन्धमा खालिड. पुर्खाहरुसंग समन्वय गरी चुलो राख्ने देखि लिएर मृत्यु संस्कार लगाएत विभिन्न समस्याहरु समाधानमा एक जुट भई अनिवार्य सहभागिताको गरिएको, क्यान्सर पिडित मुना खालिड. राई बचाउ अभियान लाई सफल बनाउन यस खालिड. परिवार भित्रबाट स्वः इच्छा रकम संकलन गरिएको रकममा किरांत खालिड. राई उत्थान संघ सुनसरी मोरगंको तर्फ रु १० हजार थप गरी कुल रु ८६ हजार काठमाण्डौमा सम्बन्धित विरामीको खातामा हस्तान्तरण गरिएको अध्यक्ष पर्वत राईले बताउनुभयो  ।

अध्यक्ष राई सो सम्मेलन मार्फत आफ्नो कार्यकालमा यस सुनसरी र मोरग भित्र छरिएर रहेका सम्पुर्ण खालिड. हरुको तथ्याकं लिने कार्यको शुरुवात गरिएको छ भने  र यस कामलाई निरन्तरता  दिईरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो  ।

सो सम्मेलनमा आर्थिक प्रतिवेदन प्रस्तुत कोषाध्यक्ष पनिता खालिङ राईले गर्नुभयो भने राईले वि.सं. २०५८ सालमा काठमाण्डौमा स्थापित यस संघले सर्वागिण विकासमा संस्थागत पहल गर्दै जिल्ला शाखा विस्तारको क्रममा यस किरात खालिड राई उत्थान संघ सुनसरी मोरग स्थापित भई  आफनो भाषा, भेषभुषा र संस्कृति संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन गर्दै समुदायको उत्थानमा खेलेको भुमिकाका बारेमा चर्चा गर्दै  आर्थिक पक्षको अवधारणा र प्रगति विवरणलाई समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो  ।  कोषाध्यक्ष राईले खुद आय १२ लाख २३ हजार ९ सय पौतिस र खुद खर्च १ लाख १८ हजार १ सय अठचालिस गरी ११ लाख पचास हजार सात सय सतासी बाँकी बचत रहेको बताउनुभयो ।

सो सम्मेलनमा खालिङ राईको सुरुवात सोलुखुम्बु जिल्लाबाट भएको भन्दै सल्लाहकार काजि खालिङ राईले  खालिङ राई थोरै संख्यामा बसोबास भएपनि एकत्रित भएर काम गर्न अब झापालाई समेत समेटेर काम गर्ने धारणा व्यक्त गर्नुभयो । कुनै अन्य जातजातिको धर्मको बिरोधमा नभएर आफ्ना जातीय पहिचान, संरक्षण तथा सम्बर्द्धन गरी अन्य जातजाति सरह अस्तित्व कायम राख्न तथा गराउन  छरिएर रहेका खालिङलाई एकजुट गर्न  संस्था खडा भएको बताउनुभयो ।

सो कार्यक्रममा किरात खालिङ राई उत्थानमा मोरङ सुनसरीमा प्रारम्भिक समयमा योगदान पुर्याएबापत  अग्रज व्यक्तित्व, संस्थाका सल्लाहकारलाई सम्मान गरेको थियो। कार्यक्रमको उदघाटन किरात खालिङ राई उत्थान संघका केन्द्रीय प्रथम उपाध्यक्ष जय कुमार खालिङ राईले गर्नुभएको थियो ।  त्यसै गरी सो अवसरमा केन्द्रीय सल्लाहकार मानबीर खालिङ राई, किरात याक्थुङ चुम्लुङ मोरंग जिल्ला अध्यक्ष डीबी कुरुम्बाङ, किरात नेवाहाङ राई मोरंग अध्यक्ष भुपाल नेवाहाङ राईले शुभकामना मन्तब्य साथै आफ्ना धारणा राख्नुभयो ।   

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार