नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा र सिम्रिक सहकारी बचत ऋण सहकारी संस्था आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोक क्याम्पसमा बृहत निःशुल्क स्वास्थ्य सम्पन्न भएको हो।
शिविरको समपन कार्यक्रममा सिम्रिक सहकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजय बस्नेतको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य शिविर अन्य अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा यासोक क्याम्पस सोवि सभापति तारा माया लावतीले स्वागत मन्तव्य राख्नुभएको थियो। मन्तव्यको क्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका मार्केटिङ अफिसर नवीन दाहालले आफ्नो मन्तव्य राख्नुभएको थियो।

उक्त निःशुल्क बृहत स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन विभागमा ७५ जना, मानसिक रोग विभागमा ५ जना, प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवामा ४७ जना, बाल रोग विशेषज्ञमा ९ जना, हाड जोर्नी तथा नशारोग विशेषज्ञ सेवामा ७७ जना, नाक कान घाँटी विशेषज्ञ सेवामा ३५ जना, दन्त रोग विशेषज्ञमा ४० जनक, ५ जनाले दन्त सेवा, १५ जना शल्यक्रिया, ७० जना आँखाको जाँच, ६१ जना रेडियोलोजी (भिडियो एक्सरे),
४१ जना मुटुको जाँच (इ. सी. जी.), ७६ जनाले प्रयोगशाला ल्याब( रगत पिसाब जाँच) सेवा लिएका छन्। उक्त निशुल्क स्वास्थ्य शिविरमा लाभदायक सङ्ख्या ५५४ जनाले सेवा लिएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार