उपकुलपतिलाई ज्ञापन पत्र: पूर्वाञ्चल विश्वविद्यालय बन्द निषेधित क्षेत्र घोषणा गर्न सबै दलको सहमती


shiva
Single Before Content Ad

सुन्दरहरैचा । बैशाख १० गते ।

स्थानीय सरोकारवाला दल तथा नागरिकहरूको सहभागितामा आज सर्वदलीय प्रतिबद्धता सहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ ।

प्रतिनिधि दलहरूले प्रस्तुत गरेको १० बुँदे प्रतिबद्धता र सुझावमा मेरिटका आधारमा पदाधिकारी चयन, संरचना मर्मत तथा सौन्दर्यीकरण, सामाजिक उद्यमशीलता प्रवर्द्धन, र मेडिकल कलेज सञ्चालनको माग समावेश छन्। उक्त ज्ञापन पत्रमा एम.बि.बि.एस. कार्यक्रम सञ्चालनको तयारी, गोठगाउँ परिसरको प्रभावकारी प्रयोग, ८०५ विघा विश्वविद्यालयको भोगाधिकार प्राप्त जमिनको समुचित विकास लगायतका सुझावहरू राखिएको छ ।

सोही क्रममा पूर्वाञ्चल विश्वविद्यालयका पुर्व सिनेट सदस्य लोकप्रसाद सङ्ग्रौलाले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कुनै पनि बहानामा बन्द हड्ताल हुन दिने कि नदिने भनि प्रश्न गर्दा राजनितिक दलका प्रतिनिधिहरुले उहाँको कुरामा समर्थन गर्दै विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।

ज्ञापनपत्र बुझाएपछि स्वतन्त्र नागरिक समाजका साथै विभिन्न दलका प्रतिनिधिले आफ्नो भनाइ राख्नुभएको थियो ।
सर्वदलीय ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, जसपा लगायत दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।

कार्यक्रमको संयोजन नेपाली कांग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेलले गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले आफूले हालसम्म गरेका र आगामी दिनमा गर्ने कार्यको बारेमा जानकारी गराउनुका साथै ज्ञापनपत्रमा समेटिएका बुँदा कार्यान्वयन गर्न विश्वविद्यालय तयार रहेको बताउनुभएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार