वरिष्ठ क्यान्सर विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगर कञ्चनबारीमा स्थित नोबेल मेडिकल कलेजमा

असार १ गते । सुन्दरहरैचा नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्नुहुने भएको छ। अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्। डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट…
शैक्षिक प्रतिस्पर्धामा हिमालय इङ्गलिस स्कूलको गौरवमय सफलता

सुन्दरहरैचा । असार १ गते । सुन्दरहरैंचा नगरपालिका नेशनल प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा सम्पन्न नगर स्तरीय हस्तलेखन प्रतियोगितामा हिमालय इङ्गलिस स्कूल, सुन्दरहरैंचा–१०, मोरङका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले विभिन्न तहमा उल्लेखनीय सफलता प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्। पहिलो तह मा अंग्रेज़ी भाषामा प्रथम स्थान, दोश्रो तहमा अंग्रेज़ी र नेपाली…
जन्मजात सुन्न र बोल्न नसक्ने दुइ बालकको नोबेलमा कोक्लियर इम्प्लान्ट शल्यक्रिया सम्पन्न

बिराटनगर‑४, कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण शक्ति धेरै कम भएकाहरूमा गरिने यस्तो शल्यक्रियाले ती बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन…
सुन्दरहरैंचामा ५ दिने किशोरी सशक्तिकरण तालिम सम्पन्न

मोरङ, सुन्दरहरैंचा – शिव भट्टराई / मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुरमा किशोरी सशक्तिकरणसम्बन्धी ५ दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग तथा नारी विकास संघ सुन्दरहरैंचा–८ सलकपुरको आयोजनामा भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो। समापन कार्यक्रममा नारी विकास संघकी अध्यक्ष शुसिला कार्कीको अध्यक्षता तथा नगरउपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।…