लेटाङ जेसीजले पायो पाँचौँ पटक इफिसियन्सी अवार्ड


shiva

सुन्दरहरैचा/

लेटाङ जेसीजले पाँचौँ पटक इफिसियन्सी अवार्ड प्राप्त गर्न सफल भएको छ ।
बिहीबार नेपाल जेसीजले सार्वजनिक गरेको जुन महिनाको सतप्रतिशत इफिसियन्सी अवार्ड हातपारेसँगै लेटाङ जेसीजले पाँचौँ पटक अवार्ड प्राप्त गर्न सफल भएको हो । जनवरीबाट सुरु भएको २०२४ को कार्यकालमा शाखाले निरन्तर पाँचपटक यो अवार्ड प्राप्त गरेको अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जुन महिनामा रक्तदान, वृक्षारोपण र नेपाल जेसीजले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुपर्ने मापदण्ड नेपाल जेसीजले निर्धारण गरेकोमा लेटाङ जेसीजले ती सबै मापदण्ड पूरा गर्दै अवार्ड हात पार्न सफल भएको हो । यस अवधिमा लेटाङ जेसीजले अन्य थप कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ । ६ महिनामा शाखाले २५ वटा कार्यक्रम सम्पन्न गरेको मिडिया संयोजक छवि श्रेष्ठले जानकारी दिनुभयो ।
वर्ष २०२४ को नेतृत्व लिएका अध्यक्ष घिमिरेले नेपाल जेसीजबाट निरन्तर अवार्ड प्राप्त गर्नुमा बोर्डका पदाधिकारी, सदस्य र पूर्वअध्यक्षहरुको मार्गदर्शन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस किसिमको अवार्डले सामाजिक क्षेत्रमा अझ काम गर्न हौसला मिलेको पनि उल्लेख गर्नुभयो । नेपाल जेसीजले उत्कृष्ट काम गर्ने शाखाहरुलाई हरेक महिना इफिसियन्सी अवार्ड प्रदान गर्ने गर्दछ ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x