सुन्दरहरैचामा क्षमता अभिबृद्धी सम्बन्धि १५ दिने वेल्डिङ्ग तालिम संचालन


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

ग्रील/ वेल्डिङ व्यवसायी तथा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धी सम्बन्धि १५ दिने वेल्डिङ्ग तालिम संचालन भएको छ। घरेलु तथा साना उधोग कार्यालयको आयोजनामा अर्ल इलेक्ट्रोनिक्स एण्ड टेकनिकल इन्स्टिच्युट इटहरी सुनसरीको प्राविधिक सहयोग रहेको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० बिराटचोकमा सगरमाथा गृल उधोगमा तालिन संचालन भइरहेको छ । सो वडा अध्यक्ष राजकुमार राईले तालिम कार्यक्रमको उदघाटन गर्दै सिकेका सीपलाई आफ्नै देशमा पसिना बगाउने हो भने बेरोजगार भएर बस्नु नपर्ने बताए। ग्रील/ वेल्डिङको काम गर्ने तालिम सरकारी र केही निजी शिक्षालयहरूमा चलिरहे पनि त्यहाँबाट वर्षेनि केही दर्जनको संख्यामा उत्पादन हुने लगभग सबैजसो जनशक्ति विदेशिन्छ । स्टीलका घर बनाउने सीप भएका वेल्डरको पनि अभाव रहेको बताए ।

सुन्दरहरैंचा गृल संचालनका लागि आधिकारिक दर्ता भएका कर्मचारीलाई तालिममा आवद्ध गराएको छ। प्रशिक्षकमा रामनाथ गुरागाईं पुर्वान्चल इन्जिनियरिङ कलेजबाट सैद्धान्तिक र सगरमाथामा गृल उधोगका संचालक बलबहादुर गिरीले प्रयोगात्मक तालिमको प्रशिक्षण गर्दैछ्न।फलामलाई सही तरिकाले काट्ने, जोड्ने, खियाबाट जोगाउन खाक्सी लगाउने, लागेको खिया हटाएर प्राइमर र इनामेल सहि तरिकाले लगाउँन र तालिमप्राप्त जनशक्तिले बजारमा उत्पादन गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक गिरीले बताए।

सो उदघाटन कार्यक्रममा घरेलु तथा साना उधोगका कार्यालय मोरंगका प्रमुख उधोग अधिकृत भवानी घिमिरेको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। साथै सो अवसरमा घरेलु तथा साना उधोग कार्यालय अधिकृत ठाकुर सुवेदी, अर्ल इलेक्ट्रोनिक्स एण्ड टेकनिकल इन्स्टिच्युट इटहरी प्रबन्ध निर्देशक यज्ञराज दाहाल लगायतको उपस्थिति रहेको थियो। गिरीका अनुसार १२ बर्ष विदेशमा अनुभव संगालेका उनी नेपालमा दोलखाको सिपृङ खोला हाइड्रो पावरमा समेत डेढ बर्ष काम गरेको अनुभव छ । सगरमाथा गृलका संचालक भिम बहादुर मंग्रान्ती, मनोज श्रेष्ठ समेत रहेको छन।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार