सप्तकोशी शिक्षा सदन बिराट एकेडेमी तथा ठडिया बिद्या मन्दिरको वार्षिक उत्सव सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा । शिव भट्टराई ।

मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं १२ मा रहेको सप्तकोशी शिक्षा सदन बिराट एकेडेमि तथा वार्ड नं ७ मा रहेको ठडिया बिद्या मन्दिरको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको वार्षिक उत्सव विविध कार्यक्रम सहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, नाटक, अभिभावक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सप्तकोशी शिक्षा सदन बिराट एकेडेमि तथा ठडिया बिद्या मन्दिरका संचालक तथा प्रिन्सिपल भिम अधिकारीले आफ्नो धारणा राख्दै आगामी वर्षहरूमा बिद्यालयमा अझ प्रभावकारी शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि निरन्तर सुधारका कार्यक्रम अघि बढाइरहेको बताए। त्यसैगरी उनले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा जोड दिँदै कृषि सम्बन्धी कार्य समेत गर्न लगाउने लक्ष्य लिएको बताएका छन्। मंगल स्मृति प्रतिष्ठान जेसिज हलमा आयोजित कार्यक्रमको उद्घाटन शिक्षाविद् तथा साहित्यकार मेदिनी प्रसाद बरालले गरेका थिए। कार्यक्रममा विभिन्न बिद्यालय समितीका पदाधिकारीहरुको आतिथ्य रहेको थियो।

सोही कार्यक्रममा बोल्दै हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मकता, आत्मविश्वास, अनुशासन तथा नेतृत्व विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार