बेकरी तथा मिठाइ बनाउने तालिम सफलतापूर्वक सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

JCI इन्द्रपुर र पाथीभरा स्वतन्त्र महिला समाजको संयुक्त आयोजनामा बेकरी तथा मिठाइ बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा ५० भन्दा बढी सहभागीहरूले विभिन्न प्रकारका केक, कुकीज र परिकारहरू बनाउन सिकेका छन्, जसले उनीहरूलाई व्यवसायिक तथा घरेलु उत्पादनमा सक्षम बनाउने अपेक्षा गरिएको छ।

तालिमका प्रशिक्षकहरूले बेकरी उद्योगमा आवश्यक पर्ने आधारभूत ज्ञान, सामग्रीको प्रयोग, उचित तापमान व्यवस्थापन जस्ता महत्वपूर्ण पक्षहरूमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले प्रत्यक्ष अभ्यास गर्दै स्वादिष्ट परिकारहरू तयार पार्ने अवसर पाए।

JCI इन्द्रपुरका अध्यक्ष आकास दुलाल का अनुसार, यो तालिम महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो। यस्तै, पाथीभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष योजना शर्मा ढकाल ले स्थानीयस्तरमा सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।
कार्यक्रम सफलताका लागि प्रशिक्षक, सहभागी र आयोजकहरूलाई धन्यवाद दिँदै JCI इन्द्रपुरले आगामी दिनमा यस्तै व्यावसायिक सीप अभिवृद्धि गर्ने कार्यक्रमहरू ल्याउने योजना रहेको जानकारी दि

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार