सुन्दरहरैंचामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन शिलान्यास२


shiva
Single Before Content Ad

सुन्दरहरैंचा / नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले आफ्नै स्थायी भवन निर्माणको लागि शिलान्यास कार्यक्रम सुन्दरहरैंचामा भव्य रूपमा सम्पन्न गरेको छ। महासंघका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवको अवसरमा सम्पन्न यो कार्यक्रम मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलिया स्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा आयोजित थियो।

कार्यक्रमको संयोजन फ्युचर कोलोनी एण्ड रियल स्टेटका प्रबन्धक याम लामाले गर्नुभएको थियो। कार्यक्रममा महासंघका लागि १० धुर जग्गा उपलब्ध गराउने र सोही जग्गामा १ तल्ले भवन निर्माण गर्ने फ्युचर रियल स्टेटको प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा चलचित्र, गीत-संगीत तथा कला क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूमा नायक तथा निर्देशक गजित बिष्ट, निर्देशक सौगात बिष्ट, इन्द्र परियार, बिनोद पुडासैनी, पुष्प श्रेष्ठ, विजय सम्योग सुब्बा, सुरेन्द्र भुजेल, लाखमान योन्जन, भिम लामा, सौगात रिजाल, श्रीकृष्ण लुइटेल ‘बोकेदारी’, मनोज दाहाल, जय चौधरी, जानकी चौधरी, हिमाल दाहाल, झोटन मेहता, सम्झना भट्टराई, गंगा कुँवर, गंगा गौतम आचार्य, उपेन्द्र राई, रञ्जु डाँगी सोनी लगायत कोशी प्रदेशभरिका चलचित्रकर्मी र कलाकारहरू सहभागी थिए।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले यस अवसरलाई स्मरणीय बनेको उल्लेख गर्दै फ्युचर रियल स्टेट परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले भवन निर्माणले कोशी प्रदेशका चलचित्रकर्मीहरूको लागि स्थायी, व्यवस्थित र साझा थलोको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

भवन निर्माण परियोजना चरणबद्ध रूपमा अगाडि बढाइने र भविष्यमा उक्त जग्गामा चलचित्र छायांकन स्टुडियो र १५० सिट क्षमता भएको सिनेमा हल निर्माण गर्ने योजना रहेको आयोजकले जनाएका छन्।

शिलान्यास कार्यक्रममा जन्मोत्सवको उत्साह, कलाकारहरूको एकता र भविष्यप्रतिको प्रतिबद्धतासँगै कोशी प्रदेशको चलचित्र क्षेत्रमा नयाँ अध्याय थपिएको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार